सर्लाही, २८ कार्त्तिक । मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले बिहीबार जारी गरेको पाँच जना सांसदको पद रिक्त भएको सूचना बदर गरिएको छ ।

मधेश प्रदेश सभाका उपसभामुख बबिता कुमारी राउत ईशरले एक सूचना जारी गर्दै सभामुख मण्डलमाथि महाभियोग लगाइएको खण्डमा उनले प्रतिशोध स्वरुप आवेगमा सांसदको पद खाली भएको सूचना निकालेको बताएका छन् ।

उनले पछिल्लो पटक मिति कार्तिक २२ गत्ते बसेको प्रदेश सभाको बैठकमा पनि सूचनामा उल्लेख भएका सांसदहरु उपस्थित रहेको रेकर्ड प्रदेश सभाको हाजिरी तथा भिडियो रेकर्डमा देखिएकोले उक्त सूचना बदर गरिएको व्यहोरा जानकारी गराएकी छन् ।

बिहीबार ७ दलका ६४ जना सांसदले सभामुख मण्डलमाथि महाभियोग दर्ता गराएका थिए । त्यसको करीब एक घण्टा पछि सभामुखले पाँज जना सांसद पद रिक्त भएको सूचना जारी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *