सर्लाही, ११ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज बिहान देउवाको महाराजगञ्जस्थित निवास पुगेर मन्त्री खरेलले भेट गरेका हुन् । देउवासँग भेट गर्दै खरेलले निर्वाचनमा सक्रिय सहभागिताको लागि आग्रह गरेका छन् ।

मन्त्री खरेलले आजै ११ बजे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र १२ बजे नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *