सर्लाही, १३ पुष । सिरहाको सुखीपुर नगरपालिका-६ खरही टोलमा प्रेम विवाह गरेको निहुँमा दुई पक्षबीच कुटाकुट भएको छ । घटना भएको २४ घण्टा बितेपनि प्रहरीले छानबिनमा ध्यान नदिएको पीडितहरूको आरोप छ ।

कुटपिटबाट प्रेम विवाह गरेका राजकिशोर यादवका काका देवप्रसाद यादव गम्भीर घाइते भएका छन् । उनको उपचार अहिले विराटनगरको गोल्डेन अस्पतालमा भेन्टिलेटरमा राखेर भइरहेको छ । राजकिशोरको बुबा शिव कुमार पनि घाइते भएका छन् ।

दुई वर्षअघि नै राजकिशोरले गाउँकै रामकरण यादवको छोरीसँग प्रेम विवाह गरेका थिए । विवाह गरेदेखि आजसम्म उनीहरू गाउँ फर्केर आउन पाएका छन् ।

छोराले किन प्रेम विवाह गरेको भनेर उनको घरपरिवारका सदस्यहरूलाई शनिबार १०/११ बजे दिनमै धारिलो हतियार प्रयोग हुल बनाएर गरि कुटपिट गरेका छन् । सामाजिक सञ्जालमा कुटपिटको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको छ ।

एक स्थानीयका अनुसार प्रेम विवाह गरेका केटा पक्षका घरपरिवार गरिब र केटी पक्ष धनी छ । विवाह गरेर डरले अहिलेसम्म गाउँ फर्केका छैन । उनीहरूको एक बच्चा पनि भएको छ ।

घटनापछि घरमा रहेका सदस्यहरू पनि त्रसित रहेको उनले सुनाए । प्रहरी-प्रशासनले ढिलाइ गर्दा पीडित झन अशान्त बनेको ती स्थानीयले बताए।

राजनीति दबाबका कारण प्रहरीले ढिलाइ गरेको उनीहरूको आरोप छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी रमेश बहादुर पालका अनुसार घटना बारे छानबिन भइरहेको बताएका छन् । दुवै पक्षका व्यक्ति घाइते भएको उनले सुनाए ।

पीडित पक्ष अहिले त्रसित रहेको र गाउँमा प्रहरी नआएको प्रश्नमा डीएसपी पालले आफूहरू उनीहरूसँग किन भेट्ने भनेर जवाफ फर्काएका छन् । आरोपित रामकरण फरार रहेको र खोजी भइरहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *