सर्लाही, ११ पुष । सर्लाहीको लालबन्दी नगरपालिका–२, नवलपुर जुटपानीस्थित मलंगवा सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको साइकललाई ना ७ ख ७३६९ नम्बरको कबाड लोड गरिएको १४ चक्के ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा साइकल यात्री लालबन्दी नगरपालिका–२ निवासी करिब ६० वर्षका मेन्डु दोर्जे लोप्चनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना जुटपानी लड ब्राइट स्कुल नजिक भएको बताइएको छ । दुर्घटनापछि ट्रक चालक फरार भएका छन् भने प्रहरीले ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

फरार ट्रक चालकको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *