सर्लाही, १९ फागुन । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–६ घर भई हाल सर्लाही जिल्लाको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत सिनियर अहेव रघुनाथ महतोको मृत्यु भएको छ ।

सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालय जिगडवा मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका थिए ।

मतदान केन्द्रमै कार्यरत रहँदा उनी अचानक बेहोस भएपछि उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो ।

अस्पतालमा चिकित्सकद्वारा गरिएको स्वास्थ्य परीक्षणपछि उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *