सर्लाही, ०२ चैत । सर्लाहीमा पनि एलपी ग्यासको बजारमा देखिएको अभाव तथा कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले कडा निगरानी सुरु गरेको छ ।

एक सूचना जारी गर्दै बजारमा ग्यास अभाव भएको विषयमा विभिन्न सञ्चार माध्यममा आएका जानकारी तथा उपभोक्ताबाट प्राप्त गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशासनका अनुसार ग्यास बिक्री–वितरणका क्रममा हल्लाको भरमा एलपी ग्यास अत्यधिक मात्रामा भण्डारण गर्ने, ग्यास हुँदाहुँदै पनि नभएको भन्दै उपभोक्तालाई सास्ती दिने तथा बढी मूल्य लिएर कालोबजारी गर्ने गतिविधि भइरहेको पाइएको छ ।

यस्ता गतिविधि नियन्त्रण गर्न प्रशासनबाट खटिएको अनुगमन टोलीले बजार अनुगमनलाई तीव्र बनाएको छ । प्रशासनले उपभोक्ता संरक्षण ऐन २०७५, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही हुने चेतावनी दिएको छ ।

प्रशासनले ग्यास व्यवसायीलाई निर्धारण गरिएको मूल्य र परिमाणअनुसार मात्र ग्यास बिक्री–वितरण गर्न तथा कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *