सर्लाही, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसईईपछिको ब्रिज कोर्स मात्र हटाउने निर्णय भएको बताएका छन् ।

आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै तयारी कक्षा र ब्रिज कोर्स हटाउने निर्णय गरेका थिए । तर विवाद भएपछि उक्त सूचना मन्त्रालयबाट पनि हटाइएको थियो ।

‘एसईईलाई प्राथमिकतामा राखेर गरेको हो । एसईईको जाँचले मानसिक असर परेको हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘रिजल्ट आउन पनि समय लाग्ने । रिजल्ट निकाल्ने समयसमेत घटाएको छ । ११ को भर्नाको लागि ब्रिज कोर्समा तानातान हुन्छ । १० कक्षा सकिएपछिको रोक्ने हो ।’

१० कक्षा भन्दा माथिको तयारी कक्षा भने सञ्चालन गर्न पाउने उनको भनाइ छ ।

‘एमबीबीएस, इन्जिनियरिङ पढ्नेको कानुन बमोजिम गर्नेगरी हुन्छ । तत्कालको लागि एसईईपछिको रोकिने हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *