सर्लाही, १६ चैत । मधेश प्रदेश सरकार अन्तर्गत खेलकुद तथा समाज कल्याण मन्त्रालयको निर्णयअनुसार सामाजिक विकास इकाई सर्लाहीका इकाई प्रमुखमा नियुक्त भएका नन्द किशोर प्रसाद कुशवाहा सोमबार कार्यालयमा हाँजिर भएका छन् ।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, महोत्तरीमा कार्यरत कुशवाहालाई हालै मन्त्रीस्तरीय निर्णयबाट सामाजिक विकास इकाई सर्लाहीको प्रमुखको जिम्मेवारी दिइएको थियो ।
सोही निर्णय कार्यान्वयन गर्दै उनी आज औपचारिक रूपमा आफ्नो पदभार सम्हाल्न कार्यालयमा उपस्थित भएका हुन् ।
इकाई प्रमुख कुशवाहालाई कार्यालयमा मलंगवा नगरपालिका – २ का वडाध्यक्ष धिरेन्द्र साह, धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र साह, बरहथवा नगरपालिका ३ का सदस्य रामउद्देश्य महतोलगायत कार्यालयका कर्मचारीहरुले भब्य स्वागत गरेका थिए ।
हाजिरीसँगै कुशवाहाले सामाजिक विकास सम्बन्धी कार्यक्रमलाई प्रभावकारी, पारदर्शी र परिणाममुखी ढंगले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै लक्षित समुदायसम्म सेवा विस्तार गर्ने योजना रहेको बताएका छन् ।
अब सर्लाहीमा सञ्चालन हुँदै आएका सामाजिक विकास कार्यक्रमहरूको कार्यान्वयनमा थप गति आउने अपेक्षा गरिएको छ ।
