सर्लाही, २२ चैत । सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित श्री जनता माध्यमिक विद्यालय, रामवनमा सञ्चालन भइरहेको माध्यमिक एसईई परिक्षा केन्द्रबाट तीन जना परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ ।

परीक्षा सञ्चालनका क्रममा मोबाइलको माध्यमबाट प्रश्नपत्र बाहिर ल्याउने प्रयास गरेको आरोपमा श्री नमुना माध्यमिक विद्यालय, बलरा नगरपालिका–८ गडहिया डुमरिया निवासी प्रितम यादव र आलोक यादव तथा श्री नारायण हरि माध्यमिक विद्यालय, गोडैता नगरपालिका–५ रामवनमा अध्ययनरत सुमित यादवलाई नियन्त्रणमा लिइएको हो ।

केन्द्राध्यक्षले उनीहरूलाई नियन्त्रणमा लिई परीक्षा केन्द्रमा खटिएका प्रहरीको जिम्मा लगाएका छन् ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *