सर्लाही,२४ चैत्र । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको नियुक्ति हुने सम्भावना रहेको छ । आज बस्ने मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्ताव लैजाने बताइएको छ । डेपुटी गभर्नरका लागि दुईवटा पद खाली रहेको छ । कार्यकारी निर्देशकहरूमध्यबाट दुई जनालाई डेपुटी नियुक्त गर्न लागिएको हो ।

डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त रहेको थियो । अर्थ मन्त्रालयनिकट स्रोतका अनुसार तीन जनाको नाम मन्त्रिपरिषद्‌मा लगिँदै छ । तीन जनामध्ये दुई जना नियुक्त हुनेछन् ।  

अहिले कार्यकारी निर्देशकहरू १८ जना छन् । उनीहरूमध्ये सिनियरलाई अघि सार्न खोजिएको छ । राष्ट्र  बैंकमा नरेश शाक्य, रेवतीप्रसाद नेपाल, रामु पौडेल, विश्रुत थापा, दयाराम शर्मा, गुरुप्रसाद पौडेल, किरण पण्डित, डा.सत्येन्द्र तिमिल्सिना, चेतप्रसाद उप्रेती, रोशनकुमार सिग्देल, डा.रामशरण खरेल, डा. डिल्लीराम पोखरेल, दीर्घबहादुर रावल, निश्चल अधिकारी, अनुज दाहाल, दीपकराज लामिछाने, राजनविक्रम थापा र राजेन्द्र भट्टराई छन् ।

उनीहरूमध्येबाट नै डेपुटी गभर्नर हुनेछन् । डेपुटी गभर्नरहरू राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यसमेत हुने भएकाले उक्त पदका लागि कार्यकारीहरूले निकै प्रयास गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *