सर्लाही,२५ चैत्र । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपालस्थित चिनियाँ राजदूतावासले मन्त्री खनाल र राजदूतबीच मंगलबार राति परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको जनाएकाे हाे।साेही भेटका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र व्यावहारिक सहयोगका विषयमा फलदायी छलफल भएको दूतावासले जानकारी गराएकाे छ।

दुवै पक्षबीच आपसी सहयोगलाई थप सुदृढ बनाउँदै विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई तीव्रता दिने सहमति भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *