सर्लाही, १३ बैशाख । सरकारले हाल देशभरकै अवैध संरचना हटाउने अभियान थालेको छ । स्थानीय तहलगायत सम्बन्धित निकायलाई अगाडि लगाएर सरकारले अवैध संरचना हटाइरहेको छ । एक साताअघि पर्साको वीरगन्ज क्षेत्रमा अवैध संरचना भत्काइएको थियो  ।

त्यस्तै, शनिबार बागमती करिडोरसँगै पोखराको सहरी क्षेत्रका केही संरचना पनि हटाइएको छ । अन्य धेरै जिल्लामा पनि अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा भत्काउँदै जाने र वास्तविक सुकुमवासीलाई स्थायी वासको व्यवस्था गर्ने सहरी विकास मन्त्रालयले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *