सर्लाही, १३ बैशाख ।  सर्लाहीका विभिन्न स्थानमा प्रहरीले भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–६ मा चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी ल्याइँदै गरेको मैदा दुई बोरा, डिउ दुई कार्टुन तथा बिडी १० पोका बरामद गरेको हो । करिब रु. १५ हजार बराबरका ती सामान नियन्त्रणमा लिएर प्रहरीले कार्यालयमा राखेको जनाएको छ ।

त्यस्तै, पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा भारततर्फबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा चार वटा मोटरसाइकलसहित विभिन्न किसिमका कपडा बरामद गरिएको छ ।

बि.आर. ३० एफ. ३०८७, बि.आर. ३० एच. ०५३५, बि.आर. ३० एच. २६२८ र बि.आर. ३० टी. ६९८६ नम्बरका मोटरसाइकलमा लोड गरिएको कपडा ६ बोरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएका मोटरसाइकल र सामान जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । घटनामा संलग्न व्यक्तिहरू भने फरार रहेका छन् र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बरामद कपडाको मूल्य भने खुल्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *