सर्लाही, १६ बैशाख ।  प्रतिनिधि सभाकी उपसभामुख रुवीकुमारी ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित किस्ट अस्पतालमा भर्ना भएकी छन् ।

अस्पताल प्रशासनका अनुसार उनलाई बुधबार बिहान अर्धचेत अवस्थामै उपचारका लागि अस्पताल पुर्‍याइएको थियो ।

प्रारम्भिक उपचारपछि उनको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी दिइएको छ ।

उपसभामुख ठाकुरलाई अहिले विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार प्रक्रिया अघि बढाइएको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा देखिएको समस्याको यकिन कारण पत्ता लगाउन विस्तृत चिकित्सकीय परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *