सर्लाही, २१ बैशाख । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

यही १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही १८ वैशाखदेखि अवकास पाएका थिए ।

narayandatta-paudel-(1)-1777870461.jpg
narayandatta-paudel-(6)-1777870461.jpg
narayandatta-paudel-(5)-1777870458.jpg
narayandatta-paudel-(2)-1777870455.jpg
narayandatta-paudel-(3)-1777870455.jpg

Leave a Reply

Your email address will not be published. Required fields are marked *