सर्लाही, २१ बैशाख । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी रहेको छ ।
प्रशासन स्रोतका अनुसार आजको बैठकमा केही प्रशासनिक तथा राजनीतिक विषयसँगै विभिन्न मन्त्रालयबाट पेश भएका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने सम्भावना रहेको छ ।
बैठकले समसामयिक प्रशासनिक निर्णयहरू, नियुक्ति तथा नीतिगत विषयमा समेत निर्णय गर्न सक्नेसमेत बताइएको छ ।
