सर्लाही, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपतिले फिर्ता पठाएपछि सोमबार बसेको मन्त्रिपरिषद्ले पुन सिफारिस गर्ने निर्णय गरेको थियो । 

यसअघि सरकारले ८ ओटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यसमा उनले बिभिन्न चरणमा ७ ओटा जारी गरेका थिए । 

तर उनले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्ने नगर्नेबारे भने कानुन व्यवसायीसँग छलफल गरेका थिए । त्यसपछि उनले पुनर्विचारका लागि फिर्ता पठाएका थिए । 

तर सरकारले पुन सोही अध्यादेश सिफारिस गरेपछि उनले जारी गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *