सर्लाही, २३ बैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । सभापति थापाले बुधबार बस्न लागेको संसदीय दलको बैठकमा सांसदहरूलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिने भएका हुन् ।

कांग्रेस संसदीय दलको बैठक दलका नेता भीष्मराज आङ्देम्बेले दिउँसो १ बजेको लागि बोलाएको सचेतक निस्कल राईले जानकारी दिए ।

बैठकमा संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे सभापति थापाले प्रशिक्षण दिने, सरकारले ल्याएको अध्यादेशमा कसरी प्रस्तुत हुने र सुकुम्बासी मुद्दामा पार्टीले लिने ‘पोजिसन’बारे पनि छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *