सर्लाही, २३ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वमहान्यायाधीवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको हो ।

छलफल आज दिउँसो ३ देखि ५ बजेसम्म हुने भनिएको छ ।

कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने जानकारी दिए ।

कार्यदलले यसअघि कानुनविदहरूसँग छलफल गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *