सर्लाही, २९ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऋणबाट नआत्तिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले ऋणका सन्दर्भमा कुन देशको अवस्था कस्तो छ भनेर पनि केलाए । यसक्रममा अमेरिका र जापानको उदाहरण दिए ।

अर्थमन्त्री वाग्लेले भनेका छन्, ‘ऋणै नलिने भन्ने भएन । तर ऋण जिडपीको सापेक्षामा अर्थात् अर्थतन्त्रको आकारको सापेक्षतामा एउटा वान्छित सीमाभित्र राख्नुपर्छ ।’

लिएको ऋणले ऋण तिर्न सक्ने सामथ्र्य बढ्दै जानुपर्ने उनले बताए । उनका अनुसार ऋण लिएर उत्पादनमुलक क्षेत्रमा लगाउन सकियो भने जिडिपीको आकार बढ्छ ।

नयाँ बजेटले सोचेको जस्तो आर्थिक बृद्धि हुन सक्यो भने सकारात्मक प्रतिफल प्राप्त हुने उनले बताए । अर्थमन्त्री वाग्लेले ७ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्यसहित आगामी आर्थिक बर्षको बजेट ल्याएका छन् ।

आफूले कहिले पनि निरपेक्षतामा ऋणको विरोध नगरेको पनि उनले बताए ।

यहाँनेर उनले विकसित मुलुकका उदाहरण दिएका हुन् । जापान जस्तो देशको रेसियो दुई प्रतिशत, अमेरिकाको रेसियो एक सय प्रतिशतमाथि रहेको उनले सुनाए ।

नेपालमा २०७२ सालमा २५ प्रतिशत रहेकोमा हाल ४३ प्रतिशत वरिपरी पुगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *