सर्लाही, २९ जेठ । प्रतिनिधिसभा सदस्य डा. ओजस्वी शेरचनले डाक्टरहरूले दुई महिनादेखि तलब नपाएर भोकभोकै काम गर्न बाध्य रहेको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै डा. शेरचनले नेसनल एकेडमी अफ मेडिकल साइन्सेसका आवसीय डाक्टरहरू दुई महिनादेखि तलब नआए भोकभोकै काम गर्न बाध्य रहेको जानकारी दिएकी हुन् ।

‘दुई महिनादेखि तलब नआएर उनीहरू दुई महिनादेखि तलब नआएर भोकभोकै काम गर्न बाध्य छन्’, डा. शेरचनले भनिन्, ‘खासगरी न्याम्स र चिकित्सक शिक्षा आयोगलाई त्यसतर्फ ध्यानाकर्ण गर्न र उनीहरूलाई भत्ता दिन र काम गर्न सहज गराउन ध्यानाकर्ण गराउन चाहन्छु ।’

साथै, उनले मेडिकल अफिसर्स, इन्टर्न स्टाफ र अन्य चिकित्सकको कार्यघण्टाको व्यवस्थापन र उचित पारिश्रमिकको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । 

‘चिकित्सकहरू अत्यधिक लामो समय अस्पतालमा कार्य गरिरहेका हुन्छन्, यसले गर्दा उनीहरूको शरीरमा नकारात्मक अवस्था सिर्जना हुन्छ र साथ साथै उनीहरूले दिने सेवाको गुणस्तरसमेत घटिरहेको हुन्छ’, उनले भनिन्, ‘त्यसैले म सरकारसमक्ष ध्यानाकर्षण गराउन चाहन्छु कि– कार्यघण्टा व्यवस्थित गर्न र उचित उचित पारिश्रमिक पनि उपलब्ध गराउन र आवश्यक नीति सुधार्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *