सर्लाही, २९ जेठ । एमालेका सांसद राजेन्द्रकुमार राईले समयमा मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुने चेतावनी दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले जनताप्रति बेइमानी गर्न नहुने बताए ।
‘मल छैन मल लिन कहाँ जाने हो ? यो सरकारले मल दिन्छ भनेर जनताले मत दिए । तर मल छैन । जनताप्रति बेइमानी गर्न हुँदैन । मल उपलब्ध गराइएन भने परिणाम गम्भीर हुन्छ,’ उनले भने ।
