काठमाण्डाैं, ३० जेठ । पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले इरान र अमेरिकाबीच शान्ति सम्झौताको सहमति भइसकेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सहबाजले दुवै पक्षसँग पाकिस्तानले कुराकानी गरिरहेको र शान्ति अहिलेसम्मकै नजिक आएको बताउनुभएको हो ।

यसअघि हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानले यसै हप्ताभित्र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दाबी गर्नुभएको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि शान्ति सम्झौतानिकट रहेको बताउनुभएको छ । तर पूर्व शर्तहरु पूरा हुन बाँकी रहेकोले अहिले नै सम्झौता हुने कुरामा निश्चिन्त नहुन उहाँको चेतावनी छ ।

उहाँका अनुसार इरानको आणविक कार्यक्रम, प्रतिबन्ध फुकुवा र इरानको रोक्का सम्पत्ति खोल्ने योजनामा सहमती हुन बाँकी छ ।

उहाँले हर्मुज जलमार्गमा इरान र ओमानको सार्वभौमिकतामा कायमै रहने र यसलाई भविष्यमा फरक तरिकाले व्यवस्थापन गरिने बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *