सर्लाही, ३० जेठ । काभ्रेको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटस्थित सडकमा शुक्रबार दिउँसो भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । 

शनिबार नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा. ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । शुक्रबार दिउँसो भएको दुर्घटना आठ यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा १६ यात्रु घाइते भएका थिए। उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । 

समितिलाई घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *