सर्लाही, ३० जेठ । मधेश प्रदेशका स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाकर्मीहरूले बक्यौता तलब र सेवासुविधा माग गर्दै असार १ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
संयुक्त संघर्ष समितिले सात महिनासम्मको तलब नपाएको, चाडपर्व भत्ता तथा अन्य सुविधा नदिइएको र सेवा सम्झौता नवीकरणमा ढिलाइ भएको जनाएको छ ।
यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाले भने अधिकांश कर्मचारीको तलब माघदेखि मात्रै बक्यौता रहेको र बजेट अभाव तथा केही पालिकाबाट परीक्षण शुल्क नबुझाइएकाले समस्या उत्पन्न भएको जनाएको छ ।
हाल प्रदेशभर करिब २७० प्रयोगशालाकर्मी कार्यरत छन् ।
