सर्लाही, ८ असार । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाले जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला असार ९ गते आयोजना गर्ने भएको छ ।

पार्टीको जिल्ला समिति धनुषाका अनुसार असार ९ गते मंगलबार बिहान ११ः३० बजे जनकपुरधाम उपमहानगरपालिका–४ स्थित रौनियार धर्मशालामा भेला आयोजना गर्न लागिएको हो ।

भेलामा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, पालिका तथा वडा समितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन आह्वान गरिएको छ ।

यस्तै, पार्टीका विभिन्न तहका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरू तथा धनुषा जिल्लाभित्रका निर्वाचित जनप्रतिनिधिहरूलाई समेत भेलामा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ ।

जिल्ला समितिले जारी गरेको सूचनामा संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम तथा पार्टी गतिविधिबारे छलफल गर्न भेला आयोजना गरिएको उल्लेख गरिएको छ ।

पार्टीले सबै सम्बन्धित नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूलाई समयमै उपस्थित भई कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ ।

जसपा नेपालले मधेशको अधिकार, पहिचान र समृद्धिको एजेन्डालाई थप सशक्त बनाउन यस्ता संगठनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *