सर्लाही, ८ असार । रास्वपा महाधिवेशनस्थलअगाडि बन्द उद्योगका श्रमिकहरूले बक्यौता उठाइदिन आग्रह गरेका छन् । चार वर्षदेखि बन्द रहेको माउन्ट एभरेस्ट ब्रुअरीका श्रमिकले महाधिवेशनको बन्दसत्र हलबाहिर मुख्य गेटमा भेटिएका रास्वपा नेताहरूलाई पर्चा थमाएका छन् ।
संघर्ष समितिका संयोजक लक्ष्मणप्रसाद भट्टराईका अनुसार कम्पनी कालो सूचीमा परेको भन्दै संचालकहरू पीयूषबहादुर अमात्य, डा. दमनबहादुर अमात्य, हितेन्द्रबहादुर अमात्य र विनोदबहादुर अमात्य सम्पर्कमा छैनन् । उनीहरू सबै एकै परिवारका दाजुभाइ हुन् ।
उद्योगमा कार्यरत २५० जना श्रमिक एकैपटक कामविहीन भएका थिए । भट्टराईका अनुसार उक्त समस्या समाधानका लागि विभिन्न निकायमा धाए पनि हालसम्म कसैले पारिश्रमिक पाउन सकेका छैनन् ।
‘घर चलाउन धौँधौँ परिरहेका श्रमिकलाई बक्यौता उपलब्ध गराउन र उद्योग चलाउने वातावरण बनाई रोजगारीको ग्यारेन्टी गरिदिन रास्वपा नेताहरूलाई अनुरोध गर्न महाधिवेशनस्थल आइपुगेका हौँ,’ उनले भने ‘प्रधानमन्त्रीलाई नै भेट्ने जमर्को गरेका छौँ । हेरौँ समय दिनुहुन्छ कि हुन्न ।’
यस्तो छ पर्चा

