सर्लाही, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा मतदानका लागि प्रयोग हुने भोटिङ मेसिनमा नाम इन्ट्री गर्न ६ घण्टा लाग्ने भएकाे छ ।

विगतमा नाम इन्ट्री गर्न १५ घण्टासम्म लाग्ने गरेकोमा अहिले भने ६ घण्टा लाग्ने रामलक्ष्मण भोटिङ मेसिनका एक प्राविधिकले शिलापत्रसँग भने । उनका अनुसार प्राविधिक टोली अन्तिम नामावलीको प्रतीक्षामा छ । 

भोटिङका लागि ८० वटा रामलक्ष्मण भोटिङ मेसिन तयारी अवस्थामा राखिएको छ । रास्वपामा ९९ केन्द्रीय सदस्यका लागि ४०० जनाको उम्मेदवारी परेको छ । 

प्रारम्भिक नामावली अझै सार्वजनिक गरिएको छैन । प्रारम्भिक नामावली सार्वजनिक गरिएपछि दाबी विरोधका लागि समय दिइनेछ । दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन हुनेछ । त्यसपछि मतदान सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *