सर्लाही, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलले पार्टीको महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

खरेलले सामाजिक सञ्जालमार्फत सहमति र पार्टी एकतालाई प्राथमिकता दिँदै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहअनुसार महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु । लामो बाटो तय गर्नुछ।’

रास्वपाको पहिलाे महाधिवेशनअन्तर्गत पदाधिकारी चयनको प्रक्रिया चलिरहेका बेला नेताहरूबीच सहमतिको प्रयास जारी छ । सोही प्रयासका क्रममा खरेलले उम्मेदवारी फिर्ता लिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *