सर्लाही, १६ असार । हाल (मंगलबार दिउँसो) मधेसबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम महाशाखाले आज दिउँसो १.०५ बजे सूचना जारी गरी मधेसबाहेक अन्य प्रदेशका विभिन्न जिल्लामा पानी परिरहेको जानकारी दिएको हो ।

मौसम महाशाखाका अनुसार गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर परेको छ ।

मौसमविद्का अनुसार यो धेरै भारी वर्षा हो। २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै पानी परेमा त्यसलाई धेरै भारी वर्षा भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *