सर्लाही, १८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध तेस्रोपटक म्याद थप भएको छ । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानको लागि ६ दिन म्याद थप भएको हो ।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले तेस्रो पटक म्याद थप गरेको हो ।
पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री समेत रहेका पौडेलविरुद्ध यसअघि तीन दिन र सात दिन गरी दुई पटक म्याद थप भएको थियो ।
पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो । उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको छ ।
