काठमाडौँ, १८ असार । भारतीय प्रदेश महाराष्ट्रका चार जिल्लामा भारी वर्षा भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई, ठाणे, पालघर र रायगडमा रेड अलर्ट जारी गरिएको छ । मुम्बईमा पछिल्लो २४ घण्टामा १७२ मिलिमिटर वर्षा भएको छ ।
बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले आज १५ फिटसम्म अग्ला छाल आउन सक्ने चेतावनी दिएको छ । मानिसहरूलाई समुद्रबाट टाढा रहन सल्लाह दिइएको छ ।
मनसुन बिहीबार राजस्थानमा सात दिन र दिल्लीमा पाँच दिन ढिला प्रवेश गरेको छ ।
आज बिहानदेखि दिल्लीमा भारी वर्षा भइरहेको छ । राजस्थानका जयपुर र दौसासहित २५ जिल्लामा भारी वर्षाको चेतावनी जारी गरिएको छ ।
यसैबिच मध्य प्रदेशका सात जिल्लामा बुधबार भारी वर्षा भएको छ। इन्दौरमा वर्षाका कारण एउटा कार नालीमा खसेको छ । सेहोरमा पनि बाइकहरू बाढीले बगाएको छ । खराब मौसमका कारण उत्तराखण्डमा केदारनाथ यात्रा स्थगन गरिएको छ ।
