सर्लाही, १८ असार । गोरखापत्र संस्थानको महाप्रवन्धकमा हिक्मत बहादुर रावल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता  सस्मित पाेखरेलले जानकारी दिए । 

रावल २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । 

त्यस्तै बैठकले नेपाल प्रहरीमा कार्यरत ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरुलाई सरुवा गर्ने निर्णय पनि गरेको छ । 

त्यस्तै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना नियुक्त भएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *