सर्लाही, २० असार । सरकारले कर्मचारीको सरुवाको निवेदनदेखि निर्णय प्रक्रियासम्मलाई अनलाइन सिस्टममा लगेको घोषणा गरेको छ ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारको एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।
संघीय मामिला, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको अग्रसरतामा कर्मचारीको सरुवा प्रक्रियालाई अनलाइन प्रणालीमा लगिएको हो ।
सरकारका प्रवक्ता पोखरेलले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल प्रणालीमा लाने प्रयासस्वरुप यस्तो कामको थालनी गरेको जानकारी दिएका हुन् । सरकारले नापी र मालपोतसम्बन्धी कामलाई पनि अनलाइन प्रणालीमा लगेको छ ।
