सर्लाही, २३ असार । आलिया भट्ट अभिनीत बलिउड फिल्म ‘अल्फा’ गत शुक्रबारदेखि प्रदर्शनरत छ। यस फिल्मले चार दिनमा विश्वभर ६३.६० करोड भारतीय रुपैयाँ कमाएको छ । सोमबार भारतमा ३.३५ करोड भारु ग्रस कलेक्सन गरेको छ ।

फिल्मले भारतमा पहिलो दिन ९.२५ करोड रुपैयाँ कमाएर गरेको थियो । शनिबार ११.५० करोड रुपैयाँ र आइतबार १३.२५ करोड रुपैयाँ कमाएको छ। तर, आइतबारको तुलनामा फिल्मको व्यापारमा उच्च गिरावट आएको छ ।

भारतमा फिल्मको कुल कलेक्सन ३७.८५ करोड पुगेको छ । यशराज स्पाइ युनिभर्सका अन्य फिल्महरूको तुलनामा ‘अल्फा’ प्रदर्शन निकै कमजोर देखिएको छ ।

यस फिल्ममा आलियासहित शर्वरी, अनिल कपुर, बबी देओल लगायतको अभिनय छ । साथै ऋतिक रोशनको विशेष भूमिका छ । ‘वार’ र ‘वार-२’ का लोकप्रिय पात्र मेजर कबिर धालीवालको भूमिकामा ऋतिक रोशनलाई देख्न सकिन्छ ।

शिव रवैल निर्देशित फिल्ममा आलिया ‘अल्फा’ सीताको भूमिकामा छिन् । यशराज फिल्मको स्पाई युनिभर्सअन्तर्गतको यो फिल्म आदित्य चोपडाको निर्माणमा बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *