सर्लाही, ३० असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हरासतमा राख्न म्याद थप गरिएको छ ।
सोमबार विशेष अदालत, काठमाडौँका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पौडेललाई हिरासतमा राख्न म्याद दिइएको यो पाँचौँ पटक हो ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणमुद्दामा अनुसन्धान गरिरहेको छ।
