सर्लाही, ०३ साउन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो ।

सो प्रतिबन्ध आइतबार बिहान हटाइएपछि सवारीसाधन सञ्चालन सुरु भएको केही समयमै जलबिरेमा दुई बस ठोक्किएको हो ।

muglinsf-1784425849.jpg
दुर्घटनापछि सडक अवरुद्ध भएको जनाइएको छ । दुर्घटनामा मानवीय क्षतिबारे भने तत्काल कुनै विवरण सार्वजनिक गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *