सर्लाही, १२ साउन । डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि सर्लाही प्रशासनले जिल्लामा डिजे बाजामा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सर्लाही जिल्लाभर डिजे बाजा प्रयोग गर्न निषेध गरेको हो ।

सुनसरीको देवागञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा आइतबार राति डिजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् ।

सो घटनाको विरोधमा सर्लाहीमा पनि हिजो सोमवार सदरमुकाम मलंगवामा प्रदर्शन भएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ कसैले पनि धार्मिक, सांस्कृतिक, सामाजिक वा व्यक्तिगत कार्यक्रममा डिजे बाजा प्रयोज नगर्न पुनः सूचित गरिन्छ ।

यदि कसैले उक्त निर्णयको बेवास्ता गरि डिजे बजाएको पाइएमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले त्यस्ता डिजे, साउण्ड, सिस्टम तथा सवारीसाधनहरु नियन्त्रणमा लिई आयोजक तथा संचालक दुवैलाइ प्रचलित कानुन बमोजिम कारबाही गरिने स्पस्ट जानकारीका लागि अनुरोध छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *