सर्लाही, १६ साउन । सर्लाही सदरमुकाम मलंगवाको अवस्था सामान्य बनेको छ । आज (शनिबार) बिहान देखि  सदरमुकामको अवस्था सामान्य बनेको हो । 

बिहानदेखि पसल, व्यवसाय क्रमिक रुपमा खुल्न थालेका छन् । बजार खुल्न थालेपछि मानिस अत्यावश्यक चिजवस्तु खरिद गर्न निस्किएका छन् । मोटरसाइकलसहित अन्य निजी सवारीमा मानिस महेन्द्र राजमार्गसम्म निर्वाध आउजाउ गरिरहेका छन् । 

मलंगवाबाट छुट्ने तथा भित्रिने गाडी, मोटरसाइकल, टेम्पु लगायतका सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । कुनै पनि प्रदर्शनकारी नदेखिएकाले मलंगवा बजार क्षेत्रको अवस्था सामान्य बनेको हो । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले मलंगवासहित जिल्लाभरको अवस्था सामान्य रहेको बताउनुभएको छ ।

सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले महेन्द्र राजमार्गस्थित हरिवन र लालबन्दीमा आज बिहान सद्भाव र्याली निकाल्ने तयारी गरिएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *