क्यान सदस्य गुञ्जन शाह ठकुरीलाई राखेपले बोलायो फिर्ता

Byसदाम हुसैन

२०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार २०८३ आश्विन २९, बिहीवार

सर्लाही, २९ असोज । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) सदस्य गुञ्जन शाह ठकुरीलाई फिर्ता बोलाएको छ । बुधबार राखेप सदस्य सचिव स्तरीयनिर्णयमार्फत गुन्जनलाई फिर्ता बोलाइएको हो ।

१ असोजमा राखेपले गुञ्जनलाई क्यान सदस्य मनोनीत गरेर पठाएको थियो ।

नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राखेपले गुन्जनलाई सदस्य मनोनित गरेको थियो ।

तर, एक महिना बित्न नपाउँदै फिर्ता बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *