सर्लाही, १९ साउन । सरकारका गतिविधिविरुद्ध संघर्ष गर्न मधेशकेन्द्रीत दलहरु मोर्चाबन्दीमा जुटेका छन् ।
जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल लगायतका पार्टीहरु बीच साउन २३ गते मोर्चा घोषणा हुन लागेको हो ।
थापागाउँस्थित काठमाडौँ बैंकेटमा अगामी मोर्चा घोषणा हुने नेताहरुले बताएका छन् ।
संघीयता खतरामा परेको, मधेशका मुद्दा ओझेलमा परेको भन्दै उनीहरु मोर्चाबन्दीको निर्णयमा पुगेका हुन् ।
