सर्लाही, २६ साउन । नेपाली कांग्रेसका सांसद खडकबहादुर बुढाले जाजारकोट भूकम्पले भत्किएका संरचनाको पुननिर्माणको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उनले आगामी १ भदौसम्ममा सरकार गैर जिम्मेवार भए संसदमा धर्ना बस्ने चेतावनी दिए ।
‘सरकार र प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहान्छु २०८० कात्तिक १७ को जाजरकोट भूकम्पले भत्काएका घरहरू ३३ महिना बितिसक्यो बनेनन् । बन्न अझै कति समय लाग्ने हो ? कि टहरामै सधैँ राख्ने हो,’ उनले प्रश्न गरे ।
सांसद बुढाले पुननिर्माण कार्यविधि कहिले संसोधन हुने हो भनेर गृहमन्त्री सुधन गुरुङलाई पनि प्रश्न गरे । छुटेका लाभग्राहीको विवरण संकलन कहिलेदेखि सुरु हुन्छ भन्ने पश्न पन उनको थियो ।
‘यो ढिलाइ होइन सरकारको चरम लार्पवाही हो । भूकम्पपीडित नागरिकले दय होइन अधिकार मागेका हुन् । मेरो स्पष्ट माग छ, भदौ १ गतेको सदनमा सरकारले जाजरकोट भूकम्पको पुननिर्माणको समयबद्ध कार्यतालिका प्रस्तुत, मौजुदा कार्यविधि संसोधन, छुटेका वास्तविक लाभग्राहीको पनु मूल्याकंन, आवश्यक बजेट तत्काल विनियोजन गरियोस्,’ उनले भने, ‘यदि भदौ १ गतेसम्म पनि सरकार गैर जिम्मेवार भए सोही दिनदेखि सदनमा धर्ना बस्ने जानकारी गराउँछु,’ उनले भने ।
