सर्लाही, ०९ भदाै । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-अमेरिका सम्बन्धलाई परम्परागत विकास सहायताको दायराबाट अघि बढाउँदै लगानी, व्यापार, प्रविधि र उद्यमशीलतामा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा सेन्टर फर साउथ एसियन स्टडिज-नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले द्विपक्षीय सम्बन्धलाई नयाँ आर्थिक आधारमा अघि बढाउनुपर्ने बताएका हुन् ।

‘हामी नेपालको प्रतिभाशाली युवा तथा आईटी जनशक्तिलाई अमेरिकी नवप्रवर्तन र पुँजीको पारिस्थितिक प्रणालीसँग जोड्न चाहन्छौँ,’ उनले भने । 

साथै स्वच्छ ऊर्जा र जलवायु उत्थानशीलतामा सहकार्य विस्तार गर्नुपर्ने बताए ।

अमेरिकामा रहेको नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी र उद्यमशीलतालाई प्रविधि हस्तान्तरण, व्यापारिक सम्बन्ध तथा उद्यम विकाससँग जोड्नुपर्ने मन्त्री खनालको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *