सर्लाही, १६ भदाै । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ । सङ्घीय संसद् सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकाल्नुभएको सूचनाअनुसार बैठक भोलि दिउँसो १ बजे बस्नेछ । सभामुख डाेलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गर्नुभएको हो ।
यसअघि गएको बुधवार भोटेकोशी बाढीलगत्तै अर्को सूचना नआएसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो ।
भोलिको बैठकमा भोटेकोशी बाढी र विपद्बारे सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तय भएको छ । बुधवार भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको छ ।
