भारतमा भेटिएका १३ शव, नेपाललाई बुझाइने

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ। उत्तर प्रदेश नेपालको सिमानासँग जोडिएको छ ।

कुशीनगर प्रशासनका अनुसार उक्त नदीमा अहिलेसम्म १३ शव फेला परेका छन् । जसमा ६ पुरुष र ७ महिला छन् । बीबीसी हिन्दीका अनुसार यीमध्ये ६ शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ । सीमित ठाउँका कारण सात शवलाई गोरखपुर एम्स पठाइएको छ ।

स्थानीय प्रशासनका अनुसार थप शव फेला पर्ने सम्भावनालाई ध्यानमा राख्दै एसडीआरएफ र एनडीआरएफ टोलीले नारायणी नदीमा निरन्तर खोजी गरिरहेका छन् । प्रशासनका अनुसार पोस्टमार्टम र अन्य आवश्यक प्रक्रिया पूरा भएपछि शव नेपाललाई हस्तान्तरण गरिनेछ ।

प्रशासनले नेपालबाट आउने मानिसहरूलाई सहयोग गर्न नियन्त्रण कक्ष पनि स्थापना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *