भोटेकोशीमा आएका बाढीका कारण १२ जलविद्युत आयोजनामा क्षति

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले निर्माणाधीन ८ र सञ्चालनमा रहेका ४ वटा आयोजनामा ठूलो क्षति पुर्‍याएको हो ।

रसुवामा सञ्चालनमा रहेका रसुवागढी (१११ मेगावट), चिलिमे (२२) र मैलुङखोला (५) आयोजना क्षतिग्रस्त भएका छन् । परीक्षण चरणमा रहेको लाङटाङ खोला (२०) मा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

यसैगरी निर्माणाधीन माथिल्लो त्रिशूली-१ (२१६), रसुवा-भोटेकोशी (१२०) बाढीले क्षति पुगेको छ। रसुवामा ६ वटा आयोजनाका ४९४ मेगावट क्षमताका आयोजनामा क्षति पुगेको हो ।

नुवाकोटतर्फ सञ्चालनमा रहेका त्रिशूली (२४) देविघाट (१४.१) माथिल्लो त्रिशूली ३ए (६०) र सौर्य (२५ मेगावट क्षमताका आयोजना बन्द भएका छन् । माथिल्लो त्रिशूली ३बी (३७) मिडल त्रिशूलीगंगा १५.५ आयोजना पनि निर्माण पूरा नहुँदै क्षति ग्रस्त भएका छन् ।

विद्युत आपूर्ति सेवा पुनर्स्थापना गर्न सान्जेनलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी

सरकारले रसुवामा तत्कालका लागि साञ्जेन जलविद्युत्‌गृह (४२.५ र १४.८ मेगावाट) लाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ ।

नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न उक्त तयारी थालेको हो ।

जिल्लामा सञ्चालनमा रहेका अन्य आयोजना बाढीले क्षतिग्रस्त बनाएपछि स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रमा आपूर्ति पुनःस्थापना गर्न लागिएको हो ।

जिल्लाको तल्लो भागमा भने विद्युत सेवा सञ्चालनमा आइसकेको छ । ६ दिनदेखि रसुवाको विभिन्न क्षेत्रमा विद्युत सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ ।

लामो समयसम्म बत्ती नहुँदा स्थानीयवासीका मोबाइल फोन अफ भई आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको छ । जेनेरेटर प्रयोग गरेर जिल्ला सदरमुकामसहित विभिन्न स्थानमा मोबाइल चार्ज गर्ने व्यवस्था गरिएको छ ।

बाढीले क्षति गरेका आयोजनाहरूको लागत १ खर्ब ४५ अर्ब बढी

बाढीका कारण रसुवा र नुवाकोटमा क्षति गरेका जलविद्युत आयोजनाको लागत १ खर्ब ४५ अर्ब बढी रह‍को छ। आयोजनाको निर्माण लागत एक खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *