सर्लाही, १६ भदाै । नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका सबै चिकित्सक तथा संघ संस्थालाई पनि काउन्सिलको स्वीकृति (अस्थायी दर्ता) लिएर प्राकृतिक विपद् तथा उपचारमा संलग्न हुन आह्वान गरेको छ ।
मेडिकल काउन्सिलले आज मंगलबार सूचना जारी गरी दर्ता नभएका चिकित्सक तथा संघ संस्थालाई नेपालको प्रचलित ऐन, कानुन र नियमअनुसार व्यक्तिगत एवं सामूहिक रूपमा उपचार सेवामा संलग्न रहन अपिल गरेको हो ।
यसका लागि नेपाल मेडिकल काउन्सिलको स्वीकृति (अस्थायी दर्ता) लिन एवं नियमअनुसार स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखासँग समेत समन्वय र संयोजन गर्न काउन्सिलले अनुरोध गरेको छ ।
साथै यस प्राकृतिक प्रकोपबाट प्रभावित घाइते एवं अन्य रोगीहरूलाई उपचार सेवा प्रदान गर्न चाहने सबै स्वदेशी एवं विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी एवं संघ-संस्थाहरूप्रति काउन्सिलले सम्मान प्रकट गरेको छ ।

