हेटौंडामा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु

Byसदाम हुसैन

२०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार २०८३ भाद्र १६, मंगलवार

सर्लाही, १६ भदाै । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् । उनलाई मंगलबार बिहान सवा ७ बजेको समयमा राप्ती खोलाले बगाएको थियो ।

खोलाले मान्छे बगाएको सूचना पाउनसाथ नेवारपानीबाट प्रहरी टोली खोजतलासको लागि खटेको थियो ।

खोजतलासको क्रममा बस्तीपुरको पुलभन्दा ५०० मिटर तल राप्तिखोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल  पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *