रसुवा बाढीमा १३४४ जनाको शव भेटियो, पाँच हजार सम्पर्कविहीन

Byसदाम हुसैन

२०८३ भाद्र २०, शनिवार २०८३ भाद्र २०, शनिवार २०८३ भाद्र २०, शनिवार

सर्लाही, २० भदाै । भदौ १० गतेको रसुवा बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३४४ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन हुनेको संख्या ५ हजार छ ।

शनिबार मध्याह्न १२ बजेसम्मको अपडेटअनुसार रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३०, चितवनमा ३६०, काठमाडौंमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ९६ वटा मात्रै शव सनाखत भई आफन्तले बुझेका छन् ।

भेटिएकामध्ये २६९ वटा महिलाको, 489 पुरुषको, ५२ बालिकाको, ३३ बालकको शव छ। त्यस्तै आंशिक अवशेष ५०१ वटा भेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *