सर्लाही, २२ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
यही १० भदौमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर उनले राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेल बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै, उनले नुवाकोटमा रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासोसमेत सुनेका छन् ।
